पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ । दृष्टिविहीनहरुलाई मोटिभेसनल गर्ने उद्देश्यले पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । क्यानेडियन गायिका गिथिया बर्मनको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोलाई एनोदर वर्ल्डको रुपमा प्रस्तुत गरिएको छ ।

सृष्टि केसी र सुदेव सुरेश भिडियोमा फिचर्ड छन् । सृष्टि र गायिका गिथियाको कन्सेप्ट रहेको भिडियोको निर्देशन गिथिया बर्मनले गरेकी हुन् । आमोश पुठियाटिलको डिओपी रहेको भिडियोको कोरियोग्राफी सदिक ज्याकीले गरेका छन् । अडियोको डिस्क्रिप्सन र लेखनको कार्य सारदाको रहेको छ । सन्नी विश्वनाथ र टिफानि ब्रार प्रोजेक्ट कोर्डिनेटर रहेका छन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाको उप-मेयर सुनिता डंगोल, युरोपियन युनियन एम्बासडर नोना, अभिनेता राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त, अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री सुरक्षा पन्त, मिस नेपाल उषा खड्गी, सृष्टिको गुरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu