श्रावण २८ गते ‘दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम’ हुने



काठमाडौं। ‘श्रष्टा ,सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने नारा सहित स्थापित पश्चिम नेपालको धौलागिरी क्षेत्र (जिल्लाहरुः पर्वत, बाग्लुंग, म्याग्दी र मुस्तांग) स्थायि ठेगाना भई राष्ट्रिय रुपमा ख्यातिप्राप्त गरेका कलाकारहरुको साझा संस्था ‘धौलागिरी साँस्कृतिक समिति’को आयोजना ‘दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम’ हुने भएको छ ।

शनिवार काठमाडौंको होटेल मेजेस्टिक ( मनाङ होटेल)मा आयोजित एक कार्यक्रमका बीच यहि श्रावण २८ गते काठमाडौंमा उक्त कार्यक्रम गर्ने तय भएको जानकारी गराईयो । यसपाली समितिले विगतमा गरेको धौलागिरी राष्ट्रिय सम्मान, साधना सम्मान, युवा सम्मान सहित यो बर्ष देखि धौलागिरी मैत्री सम्मान अन्तरगत धौलागिरी साहित्य सम्मान,धौलागिरी खेलकुद सम्मान,धौलागिरी पत्रकारीता सम्मान र धौलागिरी सामाजिक सम्मान थप गरी सात विधामा सम्मान गर्ने अध्यक्ष कृष्ण समीप सुबेदीले जानकारी दिए ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा उपस्थित धौलागिरी समाज नेपालका अध्यक्ष केदारनाथ गौतम, समाजका उपाध्यक्ष शक्तिलाल ज्वारचन, गीतकार देबेन गिरी, लोकप्रिय गायक बिष्णु खत्री, लोकप्रिय गायिका कृष्णा परियार, पत्रकार जीवन पराजुली, बैकुण्ठ पराजुली लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरु तथा बिशिष्ट कलाकारहरुलाई परिचयपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu