आनन्द र साधनाको स्वरमा ‘माया लाउँदै जाउ’ गीत सार्वजनिक



आनन्द कार्की र साधना सरगमको स्वरमा रहेको ‘माया लाउँदै जाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द र सचिन सिंहको संगीत रहेको गीतमा अभिनेता धिरेन शाक्य र लोक गायिका मञ्जु थापाको अभिनय छ ।

भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् । गीत रेकर्ड भएको लामो समयपछि भिडियो निर्माण गरेर सार्वजनिक गरिएको गायिका तथा मोडल मञ्जु थापाले जानकारी दिइन् । गायक आनन्द कार्कीले अत्यन्तै मेहनतका साथ गीत बनाएकोले दर्शक-श्रोताले मन पराउनेमा विश्वसत रहेको बताए । भिडियो पाल्पास्थित रानीमहलमा छांयाकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu