‘पीपल डाँडे साईली’ गीतमा प्रेमराज र दीपाश्रीको छमछमी



ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईली’ रिलिज भएको छ । यो गीतमा गायक प्रेमराजा महत्त र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महत्तले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महत्तले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको बताए ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत्त, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । भिडियोलाई दीपकले उत्कृष्ट तरिकाले छायांकन गरेका छन् । दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

ट्रि इन्टरटेन्मेन्टले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले प्रेमराज महत्तसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । गायक तथा कलाकार प्रेमराजा महत्तले पनि अब आफू गीतसंगीतमा सक्रिय रुपमा लाग्ने बताएका थिए ।

उनले, यो गीत कोर्दा एक मोहरमा २ दाना अम्बा पाइने भन्दै अहिले समय फेरिएको बताए । यो गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu