अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’



गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेट मार्फत उनले गीत ल्याएका हुन् । विशेष गरि पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका हुन् । उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् ।

सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।

झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने अनिल सिंहले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमि छैन । किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ । तात्कालिन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए । किनकी उनको गीतमा रम्नेमा युवापुस्ता धेरै थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu