‘नारायण बल्लभ फाउन्डेशन’को शुभारम्भ, सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज



काठमाडौं। बरिष्ठ अभिनेता सरोज खनाल र कलाकार शिशिर भण्डारी अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज भएको छ । शनिवार काठमाडौंमा आयोजित ‘नारायण बल्लभ फाउन्डेशन’को घोषणा समारोहबीच यस गीतको भिडियो रिलीज गरिएको हो ।

गीतमा ‘नारायण बल्लभ फाउन्डेशन’का अध्यक्ष नरेन्द्र बल्लभ पन्तको गीत, संगीत तथा स्वर रहेको छ । सुव्रत आचार्यको निर्देशनमा बनेको यस भिडियोमा खनाल र भण्डारीको साथमा एलिश खनाल, गीता थापा, बालकलाकार दियान गौतम, रोमन दंगाल लगायतको अभिनय रहेको छ । यो गीत ‘नारायण बल्लभ पन्त प्रतिष्ठान’द्वारा निर्माण भएको हो । गीतकार, संगीतकार तथा गायक नरेन्द्रले पिताको निधन भएको एकबर्षपछि पिताकै सम्झना र समर्पणस्वरुप यो गीत लेखेको बताए ।

अभिनेता सरोज खनालले स्व. पन्तको भुमिकामा अभिनय गर्दा आफुलाई अत्यन्तै खुशी लागेको बताए । खनालले कमै मात्रामा वास्तविक पात्रहरुमा अभिनय गर्न पाईने बताउँदै यस प्रकारको अभिनय सबैभन्दा गाह्रो रहेको रहेको जिकिर गरे । निर्देशक आचार्यले वास्तविक कथामा काम गर्नु आफैमा चुनौती रहेको बताए ।

नेपालको कानून तथा न्यायको क्षेत्रमा बिशिष्ट योगदान दिई वरिष्ठ अधिवक्ताको रुपमा सम्मानित, सहकारी संस्था, विभिन्न उद्योग व्यवसाय एवं धार्मिक गतिविधिमा संलग्न रही समाजसेवाका क्षेत्रमा योगदान दिएका स्व. नारायण बल्लभ पन्तको स्मृतिमा शुरु भएको ‘नारायण बल्लभ पन्त प्रतिष्ठान’को पूर्व उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री तथा अन्तराष्ट्रिय चेम्बर अफ कमर्श नेपालका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै श्रेष्ठले पिताको चाहना अनुसारको सामाजिक कार्य गर्नको लागी स्व. पन्तका सन्ततिलाई आफुले सोचेको भन्दा निकै माथी पाएको बताए । संगीत मार्फत पिताको त्याग र परिवारप्रतिको समर्पण देखाउन सक्नु निकै सुखद रहेको उनले बताए ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले शुरु भएको फाउन्डेशन उद्घाटनमा आर्थीक समस्याको कारण स्नातक तहको अध्ययनमा समस्या झेलिरहेकी सम्पन्नता विन्दुकारलाई रु.५१,०००/- प्रदान गरिएको थियो । हालको लागि रु. दश लाखको अक्षयकोष स्थापना गरि फाउन्डेशनले काम शुरु गरेको हो । घोषणा कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, सिटिजन्स बैंक इन्टरनेशनलका सिईओ गणेशराज पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu