रानीको तीज गीतमा विनाको ठुम्का



नजिकिँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै गायिका रानी शाक्यले ‘खर्च माग्दिनँ’ बोलको गीत सार्वजनिक गरेकी छन् । सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ ।

भिडियोमा मोडल विना राउतले दर्जन बढी कोरसहरुको साथमा नृत्यष् गरेकी छिन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशक तथा कोरियोग्राफी छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । गायिका शाक्यले अन्य तीज गीत भन्दा ‘खर्च माग्दिनँ’ केही भिन्न भएको बताइन् । उनले, अबका तीज गीतले महिलाको सफलताको कथा भन्नुपर्ने पनि तर्क गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu