कात्तिक २५ मा आउने भयो नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइँ’



ठूलो हिस्सा नेपालमा छायांकन भएको बलिउडको मल्टीस्टारर चलचित्र ‘उचाइँ’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार निर्माण कम्पनी राजश्री प्रोडक्सनले आगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको हो । यो मितिमा तीनवटा नेपाली चलचित्र ‘ह्यारी की प्यारी’, ‘पासो’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शनमा आउने तयारीमा छन् ।

‘उचाइँ’को गत वर्ष नेपालको लुक्ला, नाम्चे, मनाङलगायतको क्षेत्रमा छायांकन भएको थियो । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतले नेपालमा चलचित्रको छायांकन गरेका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि मुख्य भूमिका छ । उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । उनको नेपालको सिनमा नेपाली कलाकारले डमी बनेर अभिनय गरेका छन् ।

सूरज बडजात्या निर्देशित चलचित्रको करीब २५ दिन नेपालमा छायांकन भएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu