‍चलचित्रकर्मीलाई क्रिकेट क्रेज | नेपालले जित्छ-जित्छ



cricke21

‘पहिलो खेलमा देशले जित्यो, तत्कालै १० हजार बराबरको पार्टी गरियो अब पनि नेपाली टिमले जित्दै मात्र जाओस पार्टी गर्दै कति खर्चिन्छ यकिन छैन’, यो भनाई हो नायक श्रीकृष्ण श्रेष्ठको । ‘ट्वान्टी-टवान्टी विश्वकप क्रिकेट’मा नेपाली टिमको सहभागिता सँगै हौसिएका धेरै सेलिब्रेटीहरुमा आजभोली क्रिकेट क्रेजले ह्वात्तै छोएको छ ।

अझ आफ्नो पहिलो खेलमा नै विजय प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गर्न नेपाली टिम सफल भएसँगै क्रिकेट भनेर छेउ नबुझ्नेहरुले समेत यो खेलको बारेमा चासो बढाएका छन । नायक श्रीकृष्णले हङकङ बिरुद्धको नेपालको खेल साथीहरुसंगै ग्रुपमा हेरे अनि नेपालले राम्रो खेल खेल्दै जित निकालेपछी सोही राती नै बबाल पार्टी गरेको सुनाउंछन, उनी मात्रै होईन धेरै नेपाली कलाकर्मी तथा नायक नायिकालाई क्रिकेटको क्रेजले छोएको छ । खेल सुरु हुनु भन्दा केहि दिन अघी नै ‘नेपाली जर्सी’ लगाएका बिभिन्न तश्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेर कलाकारहरुले विश्वकप खेल्दै गरेको नेपाली क्रिकेटको को समर्थनमा आफुहरु लागेको प्रष्ट्याएका थिए ।

नायिका केकी अधिकारी, निशा अधिकारी, नम्रता श्रेष्ठ, करिश्मा मान्नधर लगायत देखी नायक श्रीकृष्ण सँगै जीवन लुईंटेल, सुमन सिंह, दयाहाङ राई, गजित बिष्ट लगायतका कलाकार्मीलाई पछिल्लो समय नेपाली क्रिकेटको क्रेजले रातदिन हौसाएको छ । माथी नाम उल्लेखित प्रायः नायक नायिकाहरु मंगलवारको बंगलादेश बिरुद्धको खेलमा पनि नेपालले पहिलो खेलको जस्तै नतिजा निकाल्नेमा आशावादी रहेको बताउँछन । नेपाली खेलाडीहरुको बलिङ धारिलो बनेकोले व्याटिङ जम्यो भने खेलको नतिजा बाहिर नजानेमा आफु विश्वस्त रहेको नायक दयाहाङ राई तथा नायिका केकी अधिकारीको तर्क छ ।

cricket1
त्यस्तै नेपाली क्रिकेटलाई धेरै पहिलेदेखी नजिकबाट बुझ्दै आएका तथा नेपाली टिमको खेल प्रायः नबिराई हेर्दै आएका निर्माता तथा निर्देशक सुरेशदर्पण पोखरेललाई पनि विश्वकप क्रिकेटको क्रेजले पुरै नशा लागेजस्तो बनाएको छ ।

माथी उल्लेखित मात्र नभई कला तथा चलचित्रसँग जोडिएका धेरै सेलिब्रेटी देखी सिनेकर्मी तथा सञ्चारकर्मीलाई विश्वकप क्रिकेटको माहोलले तताएको छ । मंगलवारको खेल बारेमा रंग पत्रकार सुशिल पौडेल नेपाली टिम बंगलादेशको खेलबारे बिज्ञ रहेको तथा नेपाली क्रिकेटबारे बंगाली टिम त्यती बिज्ञ नभएकोले नतिजा नेपालको पक्षमा आउन सक्ने दाबी गर्छन । पौडेलको पनि नेपाली टिमको बलिङ राम्रो देखिएकोले ब्याटिङमा सबल देखिनुपर्ने बताउँछन ।

नेपाली त्यस्तै पहिलो पटक नेपाली टिमले विश्वकप खेल्न लागेको दिन (फागु पुर्णिमा) होली परेकोले राष्ट्रिय झन्डा बोकेर दिनभर ‘होली’ खेल्दा पनि कुनै थकान महसुस नगरी हङकङ बिरुद्धको खेल हेर्दा नेपालले जीतेपछी हौसिएका सञ्चारकर्मी दिनेश सिटौला बंगलादेश बिरुद्शको खेल पनि थुप्रै साथीहरुको ग्रुपमा हेर्ने योजनामा छन । बंगलादेश जानै मन हुँदा हुँदै पनि कारणबस जान नपाएका सिटौला बंगलादेशलाई हराउँदै नेपाल ‘टप टेन’मा गई छाड्ने दाबी उनको छ ।

पहिलो पटकको सहभागितामा नै पहिलो खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्न नेपाली टिम सफल भएपछी समर्थन जनाउने तथा थप जीतको लागी प्रार्थना गर्नै तथा सुभकामना दिनेहरु अनगीन्ती छन । नेपाली टिमले बंगलादेश बिरुद्धको खेलमा जीत हात पारेमा ‘टप टेन’मा पुग्ने संभावमा बलियो बन्ने छ । त्यसैले कम दवाव तथा धेरै खुसीसाथ जीतको अपेक्षासहित बंगलादेश बिरुद्ध खेल्न मैदान उत्रीन लागेको नेपाली टिमलाई बिजयी यात्रा जारी राख्नको लागी हार्दिक शुभकामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu