राजेश राईको ‘कान्छी’मा सुरविना र इन्द्रको अभिनय



काठमाडौं। गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका उनको `तोडियो तोडियो’ ‘कालो कालो’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

कान्छीमा सुन्दर मगरको शब्द संगीत र अभि जंग क्षत्री (Anxmus)को संगीत संयोजन रहेको छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईको निर्देशनमा तयार पारिएको कान्छीको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ ।

उत्सव ढकालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । प्रोडक्सन म्यानेजर दिपेन्द्र गौतम हुन् भने भिडियो निर्माणमा केदार उप्रेती छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu