सुमनले अमेरिकामा बनाए तीज गीत



अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालको निर्देशनमा गायिका मञ्जु रसाईलीले अमेरिकाबाटै तीज गीत सार्वजनिक गरेकी छन् । ‘रातो सारी’ शिर्षको यो गीतको भिडियो संयुक्त राज्य अमेरिकाको ल्याक्सिनटनमा छायांकन भएको हो ।

सुमन कार्कीको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा मन्जुसँगै पवि खड्का र शशी केसीको स्वर रहेको छ । सम्राट क्रियशनको युट्युब च्यानलबाट रिलीज भिडियोमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटा सहित २० जनाभन्दा बढि महिला कलाकारहरुले नृत्य गरेका छन् ।

नेपालका विभिन्न स्थानहरुबाट अमेरिकामा आएर बसोबास गरेका महिलाहरुलाई एकसाथ भेला पारी तीज गीत छायांकन गर्दा नेपालमै रहेको महशुस गरेको निर्देशक दाहालले बताए । सुरेश राउतको सम्पादन रहेको भिडियोमा अक्की शर्माको कोरियोग्राफी रहेको छ । भिडियोका निर्माता शान दियाली र रञ्जिता रसाईली हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu