शान्तिश्रीको स्वरमा सन्दिपको ‘ढलेको वर’ गीत सार्वजनिक



संगीत क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत सन्दिप वाग्लेको शब्द रचना तथा संगीतमा ‘ढलेको वर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार संगीतकार वाग्ले स्वयंको यूट्युब च्यानल परिचित टीभीबाट सार्वजनिक भएको गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गोपाल नेपाल जिएमको स्वर रहेको छ ।

प्रेम वियोग बोल्ने गीतको भिडियोमा संगीतकार वाग्ले स्वयंले अभिनय गरेका छन् भने मनोज दवाडी र रितु ढकालको पनि अभिनय छ । भिडियोमा सन्दिप वाग्लेले रितुको श्रीमानको भूमिकामा अभिनय गरेका छन् । उनलाई नकारात्मक भूमिकामा चित्रण गरिएको छ । मनोज, रितुको पूर्व प्रेमीको भूमिकामा प्रस्तुत छन् ।

नारायण मगरको निर्देशन रहेको गीतको भिडियोमा मुकेश हुमागाईं र उनको टिमको छायांकन छ । भिडियोलाई निर्देशक मगर स्वयंले सम्पादन गरेका हुन् । यसअघि पनि केही गीत बजारमा ल्याइसकेका संगीतकार वाग्लले ‘ढलेको वर’ गीतले आफूलाई गीतकार र संगीतकारको रुपमा स्थापित गर्नेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu