अस्मिता जुरेलीले ल्याइन् तीज गीत (भिडियो)



अस्मिता जुरेलीको तीज गीत ‘यसपालीको तीजमा हामी विशेष मनाउने’ को भिडियो रिलिज गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । यस तीज गीतलाई संगीतकार सुनारले मौलिक तिज गीत भन्दा फरक पासचात्या शैलीको एरेन्जमेन्टलाई फ्युजन गरेर तयार पारेका हुन् ।

अस्मिता जुरेलीको अफिसियल युट्युबबाट सार्वजनिक गरिएकको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेकी हुन् । गीतको भिडियो उनीसँगै जयकिशन बस्नेत, समिक्षा बिसी, सुष्मा दाहाल, इस्थार सुनाम, अनु पराजुली, भगवती खड्का ,सविता राई, रेखा राई, मनिषा लकान्तरी र शिव बिकको अभिनय रहेको छ ।

शिव बिकको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन विश्कर्माको कलर तथा सम्पादन गरेको भिडियोका पोस्टको काम ड्रयागन पिक्चर्सले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu