मिस धरान आइकन प्रतिष्पर्धीसँग धरानका मेयर हर्क साम्पाङ



‘मिस धरान आइकन -२०२२’ ले अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्य अन्तर्गत शनिबार धरानको विपि पार्क (ओसो पार्क) मा बृक्षरोपण कार्यक्रम गरेको छ । धरानका मेयर हर्क साम्पाङ तथा धरानेहरुको सक्रियतामा भैरहेको बृक्षरोपण कार्यमा मिस धरान आइकनका प्रतिष्पर्धीहरु विभिन्न बिरुवासहित आज बिहान ८ बजे सहभागी भएका थिए ।

प्रतिष्पर्धीहरुलाई मेयर सम्पाङले आफ्नो कुराहरु सुनाउने क्रममा भक्कानिएका थिए । उनले भक्कानिँदै ‘देश सोच्नुस, देशकै लागि कर्म गर्नुस र एकदिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने प्रेरणा दिन चाहन्छु’ भनेका थिए ।

फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको ‘मिस धरान आइकन २०२२’ मा १८ जना धराने सुन्दरीहरुको सहभागिता रहेको छ । प्रतिष्पर्धामा धरान निवासी सेलि श्रेष्ठ, देनिशा श्रेष्ठ, बिपिका लिम्बू, नमिता राई, सबु बराईली, सृष्टि लामा, सकुन्तला फुयाल, निवा लिम्बू, प्रजना राई, रानु श्रेष्ठ, सुमिना बिक, स्वेक्षा मगर, स्वेता पोख्रेल, सारा गुरुङ, खुशी बस्नेत, प्रीती शाह, आशमाया राई र रोजनी लिम्बू सहभागी रहेका छन् ।

मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिजम क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले मिस धरान आइकनको कोरियोग्राफी गरिरहेकी छन् । मिस धरान आइकन २०२२ मा बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब-टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu