गायक राजेश पायल राईलाई यस्तो आरोप लागेपछि …



thooli-music-3

[dropcap][/dropcap]मेरिकाबाट नेपाल आई भर्खरै चलचित्र ‘मुटु’लाई सफल अवतरण गरेका निर्माता-निर्देशक एभरेष्ट सूर्य बोहराले अर्को चलचित्र बनाउँदै छन्। ‘ठुली’ नामक चलचित्रको तयारीमा बोहरा छन्। मंगलवार मात्र उनले सो चलचित्रको गीत रेकर्डिङ्ग प्रारम्भ गरेका छन्। ‘मुटु’ अगाडी बोहराले १४ बर्ष अघि ‘कान्छा’ र ‘अग्नीपरिक्षा’ जस्ता सुपरहिट चलचित्र दिएका थिए।

thooli-music-2

राजधानीको सिनेजोन स्टुडियोमा यतिबेला गीत रेकर्डिङ्ग भईरहेको छ। मंगलवार गायक राजेश पायल राईले गीत गाएका छन्। ‘आरोप  छ मलाई तिमीलाई आफु भन्दा बढि माया गर्छु अरे…’ बोलको गीत राईले गाईसकेका छन्। यो गीतमा रजनी रिमालको पनि स्वर रहने छ। गीत गाईसकेपछि गायक राईले निकै मेहनतले बनाईएको गीतलाई मेहनतले नै गाएको प्रतिक्रिया दिएका छन्। उनले गीत जस्तै चलचित्र पनि राम्रो बन्ने आशा रहेको बताए।

thooli-music-1

उक्त गीतमा निर्देशक बोहराकै शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ। ‘ठुली’ एभरेष्ट कला यात्रा फिल्मसको ब्यानरमा कार्यकारी निर्माता सुनिल बस्नेत र अमेरिकाको भर्जिनिया बस्दै आएका पुष्कर पन्त निर्माता रहेका छन्। कलाकार छनौट भईसकेका भने छैनन्। निर्देशक बोहोराकै कथा रहेको फिल्ममा शेर ब. लामाको छायांकन तथा मित्र गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu