नेपसिनेले अमेरिकामा दायर गर्‍यो गायक सविन राई र ‘दि फराहो ब्यान्ड’विरुद्ध मुद्धा



प्रतिष्ठित कम्पनी नेपसिनेले गायक सविन राई र ‘दि फराहो ब्यान्ड’विरुद्द मुद्दा दायर गरेको छ । लामो समयदेखि अमेरिकामा विभिन्न कार्यक्रमहरु गर्दै आएको उसले एक विज्ञप्ति जारी गर्दै कम्पनीसँग पहिले नै भएको सम्झौतालाई उक्त ब्यान्डले भंग गरेकोले आयोजक समेतलाई वकिलमार्फत् अदालतमा मुद्धा दायर गरिएको जानकारी गराएको छ ।

नेपसिनेका शारद युवराज सिंह र रायन रेजले नेपालका रक-पप गायक सविन राई र ‘दि फराहो ब्यान्ड’का सबै सदस्यहरूविरुद्ध अमेरिकी अदालतमा कानुन उल्लंघन गरेको भन्दै मुद्दा चलाइएको विज्ञप्तिमा उल्लेख छ । सम्झौताको गोप्य जानकारी अनाधिकृत रुपमा सार्वजनिक गरिएको दाबी समेत नेपसिनेले गरेको छ ।

एक विशेष सम्झौता गर्दै ‘सविन राई एन्ड दि फराहो’ ब्यान्डले संयुक्त राज्य अमेरिकामा आफ्नो व्यावसायिक संलग्नताको सबै अधिकार नेपसिनेलाई दिएको थियो । तर, त्यो सम्झौता भंग गर्दै ब्यान्डले तेस्रो पक्षसँग सम्झौता गरेपछि आफूहरुलाई ठूलो आर्थिक नोक्सान भएको नेपसिनेले जनाएको छ । कार्यक्रमका लागि अग्रिम र पारिश्रमिकमा ठूलो रकम खर्च भएको र यस वर्ष ३० हजार डलरको नोक्सान भएको नेपसिनेले उल्लेख गरेको छ ।

सम्झौताविपरित व्यान्डले अन्य आयोजकसँग आगामी अगस्त महिनादेखि २ महिनाका लागि अमेरिकाको विभिन्न शहरमा सांगीतिक कार्यक्रम राखेको सार्वजनिक भएसँगै मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu