‘सनम तेरी कसम’का हिरो नेपालमा



बलिउड अभिनेता हर्षवर्धन राणे यतिबेला काठमाडौं घुमिरहेका छन् । उनी बिहीवार अर्थात् जुलाई २८ मा काठमाडौं आएका हुन् । शनिवार उनी पाँचतारे होटल र्‍याडिसनमा आयोजित आफ्नो साथीको रिसेप्सन पार्टीमा सहभागी भएका थिए । पार्टीमा सहभागी भएको तस्विर उनले इन्स्टामा पनि राखेका छन् । त्यहाँ उनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य समेत गरेका थिए ।

आइतवार उनले बसन्तपुर क्षेत्रको घुमघाम गरेको तस्विर तथा भिडियोहरु पनि इन्स्टाग्राममा शेयर गरेका छन्, जहाँ उनले पर्यटनहरुसँग नाचेको, नेवारी परिकारको स्वाद लिएको, नेपाली फ्यानहरुसँग भेट गरेको देखिन्छ । हर्षले शेयर गरेको भिडियोमा केही नेपाली युवती उनलाई देखेर भावुक भएका छन् । यसले नेपालका युवतीहरुमाझ उनी कति लोकप्रिय छन् भन्ने प्रमाणित गर्छ ।

सन् २०१६ मा आएको चलचित्र ‘सनम तेरी कसम’बाट जबर्जस्त क्रेज बनाएका उनी तेलुगू चलचित्रका स्थापित अभिनेता हुन् । ‘सनम तेरी कसम’बाट बलिउडमा डेब्यू गरेका उनले ‘तैश’, ‘हसीन दिलरुबा, ‘पल्टन’ जस्ता हिन्दी चलचित्रमा पनि काम गरिसकेका छन् । सन् २०१५, २०१६ र २०१७ मा उनी द टाइम्स अफ इन्डियाको सबैभन्दा वान्छनीय पुरुष घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu