नेपाली वितरकको पैसा उठाउन ‘लाल सिंह चड्डा’ले कति कमाउनु पर्छ ?



बलिउडका एकपछि अर्को आशातित चलचित्रहरु असफल भइरहे पनि नेपाली वितरकहरुले मोटो रकम तिरेर बलिउड चलचित्र नेपाल भित्राउन छाडेका छैनन् । ‘जर्सी, ‘सम्राट पृथ्वीराज’, ‘सम्सेरा’, ‘एक भिलेन रिर्टन्स’ जस्ता बलिउड चलचित्रमा नेपाली वितरकले खन्याएको करोडौं रुपैयाँ पानीमा मिलेको थियो ।

यसैक्रममा, अभिनेता आमिर खान अभिनीत चलचित्र ‘लाल सिंह चड्डा’माथि पनि नेपाली वितरकले ठूलो रकम खन्याएका छन् । मनोज राठीको टिमले २ करोड नेपालीमा चलचित्रको नेपाल अधिकार किनेको हो । ठूला स्टारका बलिउड बलिउडहरु नचलिरहेको अवस्थामा नेपाली वितरकले उठाएको यो ठूलो जोखिम हो ।

आमिर खान ‘ठग अफ हिन्दुस्तान’पछि फर्किएकाले ‘लाल सिंह चड्डा’को पखाई भारतसँगै नेपालमा पनि उच्च छ । त्यसैले नेपालका वितरकले चलचित्रलाई यति मोटो रकम तिरेको हुनसक्छ । यो चलचित्रले नेपाली वितरकलाई २ करोड फिर्ता गर्न ६ करोड कमाउनु पर्नेछ । चलचित्रको ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा मात्र यो अंक जोड्न सम्भव छ ।

११ अगस्टमा प्रदर्शन हुन लागेको चलचित्रमा आमिरसँगै करीना कपूर, नागा चैतन्य र मोना सिंहको पनि मुख्य भूमिका छ । अद्वैत चन्दनको निर्देशनमा बनेको कमेडी-ड्रामामा मोनाले आमिरकी आमाको भूमिका निर्वाह गरेकी छन् । ‘लाल सिंह चड्ढा’ हलिउडको चर्चित चलचित्र ‘फरेस्ट गम्प’को रिमेक हो, जसमा टम ह्याङ्क्स मुख्य भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu