डिजे सन्तोषले ल्याए ‘जाले रुमाल’ गीत



लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् ।

भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित थिए । सन्तोषले चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका छन् ।

कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगीतको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उनलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu