यसराजको मायामा डुबेकी भारती



कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित नयाँ आधुनिक गीत ‘तिम्रो मायाले न हो’को भिडियो रिलिज भएको छ । गायक प्रताप दास र गायिका सरिता भारतीको स्वरमा रहेको गीतको छायांकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ ।

छायाँकार दिव्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् । देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गरेका हुन् । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु) ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायांकन मुगु, आछाम र जुम्लामा गरिएको निर्देशक डब्बु क्षत्रीले बताए । यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu