चेत र रचनाको मन बिग्रने गीत



काठमाडौँ । गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको ‘मन बिग्रने त्यति खेर हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयम् बुढाथोकीको साथमा बिना विश्वकर्मा र अस्मिता रनपाल फिचर्ड छन् ।

कमल सौरागको संगीत संयोजन रहेको गीत रमाइलो बनेको छ । गोकुल कुमारी श्रेष्ठको निर्माणमा बनेको भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी रहको भिडियोमा दिनेश पराजुलीको छायांकन, पदम सुवेदीको सम्पादन र मिलन बिस्वकर्माको रंग संयोजन रहेको छ।

गत साता सार्वजनिक भिडियोलाई झन्डै एक लाख भ्युज मिलेको छ । ‘हेर्ने जति दर्शकले भिडियोमा उत्कृष्ट कमेन्ट गरेका छन् । पछिल्लो समय युट्युब च्यानलमा सोचेको जस्तो भ्युज नगए पनि दर्शकको प्रतिक्रियाले सन्तुष्ट छु,’ गायक बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu