चलचित्र पत्रकार संघको छैठौँ अधिवेशन उद्घाटन



FJA-ELECTION-1

चलचित्र पत्रकार संघको नयाँ नेतृत्व चयनको लागी विहिवार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागी सुरु भएको साधारणसभाको भर्खरै मात्र उद्घाटन सत्र सकिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधी प्रकाश थापाको उपस्थितीमा सम्पन्न उद्घाटन सत्रमा लामो समयदेखी चलचित्र पत्रकारितामा क्रियाशिल पत्रकार अन्नत वाग्लेलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिएको छ भने पत्रकार द्वय जयन सुब्बा मान्नधर र आशोक प्यासी राईलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

FJA-ELECTION-2
उद्घाटन सत्रमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र संघका महासचिव प्रदिपकुमार उदय लगायत चलचित्र सम्बद्ध बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । साधारणसभा अन्तर्गत केहिबेरमा बन्द सत्र सुरु हुँदैछ । साधारणसभा नयाँ नेतृत्व चयन गर्दै बिहिवार नै सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu