‘माइकल अधिकारी’को टिकट मूल्य १ रुपैयाँ



नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले १ रुपैयाँमै चलचित्र ‘माइकल अधिकारी’ हेर्न पाउने अफर सार्वजनिक गरेको हो । भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको टिकट दर्शकहरुले इसेवाबाट १ रुपैयाँमा काट्न सक्नेछन् । डिजिटल वालेट र नेपाली चलचित्रप्रति आम मानिसलाई आकर्षित गर्न इसेवा र चलचित्रको निर्माण टिमले यो योजना अगाडि सारेको हो ।

उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियारलगायतको अभिनय छ । शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवादमा तयार भएको चलचित्रको कथा लेखन र निर्देशन रञ्जित रौनियारको हो ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन र राजु विक्रम थापाको छायांकन छ । सेरोगेसीको कथामा निर्माण भएको चलचित्रलाई नेपालको ठूलो प्रोडक्सन हाउस गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu