‘कृष्ण लीला’ पोस्टरमा श्रीकृष्ण र राधा बने पुष्प र श्रद्धा



शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण लीला’ ट्रेलर र गीतसंगीतका कारण चर्चामा छ । ‘ए मेरो हजुर’ र ‘कुनै दिन’ बोलका दुई गीतले चलचित्रको हाइप चुल्याएको छ । गीतले इनिसियल व्यापारमा फाइदा पुग्ने विश्वासमा निर्माण टिम छ । अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आउने उतार-चढावमा आधारित रहेको चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री प्रमुख भूमिकामा छन् ।

प्रदर्शनको पूर्वसन्ध्यामा निर्माण टिमले चलचित्रको थिम बोल्ने तीनवटा आकर्षक पोस्टरहरु सार्वजनिक गरेको छ । जसमा पुष्प र श्रद्धा भगवान श्रीकृष्ण र राधाको रुपमा प्रस्तुत छन् । श्रीकृष्ण र राधालाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ । चलचित्रमा कृष्ण (पुष्प) र लीला (श्रद्धा) को प्रेम पनि श्रीकृष्ण र राधाको जस्तै रहेको बुझाउन निर्माण टिमले यी पोस्टरहरु सार्वजनिक गरेको हो ।

बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

दीपक वलीले निर्देशन गरेको चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu