बलिउडका विशाल देसाईले आर्यनको ‘सायरा’ निर्देशन गर्ने



अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने चलचित्र ‘सायरा’लाई बलिउड निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र निर्देशक देसाईबीच बिहीवार मुम्बईमा कागजी सम्झौता भएको हो । निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिजको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैंको समयबाट चलचित्रको छायांकन थाल्ने बताए ।

उनले भने, ‘हाम्रो चलचित्र निर्देशन गर्न विशालजी तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले चलचित्रको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको व्यवहारले निकै खुसी छौं ।’ चलचित्रमा कथा उनकै रहेको छ ।

निर्देशक देसाईले पनि नेपाली चलचित्र निर्देशन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन् । ‘वीरगति र ‘ढोलकी’ गरी दुई चलचित्रको निर्देशन गरिसकेका देसाईसँग ‘कामिनी दामिनी’ नामक टीभी सिरियल निर्देशन गरेको पनि अनुभव छ । उनी कलाकार पनि हुन् ।

सोसल ड्रामा र लभस्टोरी कथामा निर्माण हुने चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । निर्माता परियारले चलचित्रको अन्य कास्ट एण्ड क्रियूको बारेमा चाँडै जानकारी दिने बताए । चलचित्रको कथावस्तु अनुसार नै अष्ट्रेलियामा छायांकन गर्न लागिएको उनको भनाई छ । अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा चलचित्र खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu