देशैभर आयो फिटकिरी घोल्ने समय !



fitkeree-poster

[dropcap][/dropcap]न्ततः प्रतिक्षाको घडि समाप्त भएको छ । शुक्रवार फिटकिरी रिलिज भइसकेको छ । देशैभर झण्डै असी सिनेमा हलमा ‘फिटकिरी’ घोलिँदैछ । शहरको अपराधलाई पखालिएको कथा यो चलचित्रमा छ साथै हरेक सम्बन्धको अर्थ पनि ‘फिटकिरी’ले प्रष्ट्याउने छ । ‘फिटकिरी’मा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्शीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रले मुख्यतः पछिल्लो समय बढ्दै गईरहेको ‘सिटी क्राईम’को कुरालाई जोडतोडका साथ उठाएको निर्माण टिमले जानकारी दिएको छ । अर्जुनकुमारले नयाँ निर्माता सुमित मैनालीसँग मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रलाई अनुप बरालले निर्देशन गरेका छन् ।

यो सँगै नेपालमा वलिउड चलचित्र ‘रागिनी एमएमएस २’ पनि रिलिज भएको छ। यो चलचित्रको ‘प्रिक्वेल’ ‘रागिनी एमएमएस’ हो। पूर्व पोर्नस्टार सन्नी लियोन सिक्वेलकी नायिका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu