‘ठुलो-ठालो’ पल्टिने कथाले ‘श्री ५ अम्बरे’ बन्दै



ambare

[dropcap][/dropcap]माजमा ‘ठुलो-ठालो’ पल्टिने भन्ने कुरालाई सिधा अर्थमा राजा बनेको तथा रानी बनेकी भन्ने गरिन्छ । यो बिषयमा नै केन्द्रित रहेर अब भने नेपाली चलचित्र निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा उल्लेखित विषयमा आधारित भएर निर्माण हुने चलचित्र ‘श्री ५ अम्बरे’ ओ औपचारिक रुपमा निर्माण घोषणा गरियो ।

‘अन्तराल’ निर्देशक दिपा बस्नेतले निर्देशन गर्न लागेको यो चलचित्रले नेपालमा राजा हटेको लामो समय बितिसक्दा पनि व्यक्ति र समाजमा राजा बन्ने प्रवृति कायमै रहेको प्रकारको कथा बोल्नेछ । कार्यक्रममा निर्देशक दीपाले श्री ५ रहेको भए पनि राजतन्त्रसँग चलचित्रको कुनै पनि साईनो नजोडिने बताईन् । यो चलचित्रलाई अमृत अग्रवालले लगानी गर्दै छन् ।

archama-ambare

चलचित्र ‘श्री ५ अम्बरे’मा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, अशिष्मा नकर्मी, अर्चना देलाल लगायतका कलाकारहरुको अभिनय रहने छ । सामाजिक कथामा तयार हुन लागेको यो चलचित्रको मुख्य उदेश्य दर्शकलाई मनोरञ्जन दिने मात्रै रहेको निर्माण युनिटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu