डा. नवराज लम्सालको ‘अग्नि’लाई मदन पुरस्कार



काठमाडौं। यस बर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ले जितेको छ । मदन पुरस्कारको राशि चार लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिर्ष आठमा परेका बसन्त बस्नेतको महाभारा, सुजित मैनालीको सती : इतिहास, डा. दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास,दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली मध्येबाट ‘अग्नि’ छानिएको हो ।

त्यस्तै, जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित भएको ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशि पनि चार लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu