दुई दिनमा डिमाण्डेड बन्यो ‘फिटकिरी’, मल्टिप्लेक्समा दर्शक खनिए



Fitkiree-running

[dropcap]रि[/dropcap]लिज अगावै व्यापक चर्चा बटुल्दै रिलिजको पहिलो दिनमा दर्शकको उल्लेख्य साथ पाएको चलचित्र ‘फिटकिरी’को डिमाण्ड बढ्दै गएपछी ‘शो’ थपिने क्रम पनि बढेको छ । हिजो (शुक्रवार, ७ चैत) मात्रै प्रदर्शनमा आएको यो चलचित्रको मल्टिप्लेक्स हल ‘QFX’ मा प्रदर्शनमा आएको एक दिनमा नै ‘शो’ थपिएको छ । ‘QFX’ मा एक शो थपिए पछि यो अन्तर्गतका कुमारी, सिभिल मल र जय नेपाल हलमा चलचित्र ‘फिटकिरी’ सात शो लागेको निर्माता मध्यका एक अर्जुनकुमारले जानकारी दिए ।

चपली हाईट निर्माण गरेर सफल निर्माताको छवि बनाएका अर्जुनकुमारले यो चलचित्रलाई हेर्नलाई पहिलो दिनमा नै पाएको दर्शकको साथले गर्दा एक हदसम्म फिटकिरी सफल भैसकेको जस्तो लागेको दावी गरे । उनले दिएको जानकारी अनुसार चलचित्र लागेका प्राय: सबै हलमा शनिवार को पहिलो शो हाउसफुल भएको जानकारी आएको छ, राजधानीको गोपी कृष्ण, गुण, अष्टनारायण लगाएतका ‘QFX’ र ‘FCUBE’ सबै जसो हल हाउसफुल भएका छन् भने मोफसलका पोखरा, धरान लगाएतका धेरै थुक हल हाउस फुल भएको खबर आएको निर्माता अर्जुनकुमारले ठुलोपर्दा डटकमलई बताए ।

त्यस्तै, अर्का निर्माता सुमित मैनालीले पनि चलचित्र पूर्ण:मनोरंजन दिने खालको बनेकोले एक पटक हलसम्म गैर चलचित्र हेरेर जस्तो लागे पनि सल्लाह सुझाव दिन सबै दर्शकलाई आग्रह गरेका छन् । सुमित मैनाली र अर्जुनकुमारले लगानी गरेको यो चलचित्रलाई अनुप बरालले निर्देशन गरेका हुन्। चलचित्रमा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र मुख्यत: ‘सिटि क्राईम’ मा आधारित रहेर निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu