‘कालो कोठीमा’ गीतमा नम्रता र सुधिरको रोमान्स



काठमाडौं । गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको एरेन्ज छ ।

भिडियोमा नायिका नम्रता सापकोटा र मोडल सुधिर श्रेष्ठको नृत्य हेर्न सकिन्छ । क्लबमा यो गीतको भिडियो छायांकन गरिएको छ ।

बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा नायिका सापकोटा र मोडल श्रेष्ठको रोमान्स हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu