प्रकाशको ‘लेप्मुहाङ’ र थुक्तेनको ‘फर्केर पुर्व’ डेनमार्कमा विमोचन



साहित्यकार, नाट्य–चलचित्र निर्देशक प्रकाश आङदेम्बेको अंग्रेजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ डेनमार्कमा विमोचन भएको छ । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा हालै मिडलफर्ट, डेनमार्कमा एक भव्य कार्यक्रमका बिच २ कृतीहरु एकसाथ विमोचन गरिएको थियो ।

कार्यक्रममा कृतिकार आङदेम्बेले भने ‘हामी अहिले यस्तो देशमा उभिएर हाम्रो कृति विमोचन गरिरहेका छौं, जहाँ संसारको जुनै भूगोलवाट ल्याएको सामान, ढुंगा, रुखहरूको समेत रेकर्ड, इतिहास राखिन्छ । त्यस्तो देशमा उभिइरहदाँ हामीले सम्झनु पर्छ हामीले रुख र ढुंगा जत्ती पनि आफ्नो पहिचान जोगाउन सकेका छौं कि छैनौ ?’ अर्का स्रष्टा ड्रुक्पाले भने ‘नेपाली भाषामा मेरो ठूलो ज्ञान छैन तर यो भाषाको असाध्यै माया लाग्छ । यी सृजनाहरू ज्ञानले होइन सायद मनले लेखें ।’ यसैगरी कार्यक्रमका प्रमुख अथिति एनआरएन डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले पनि दुवै कृतिकारलाई बधाई दिए ।

‘लेप्मुहाङ’ लिम्बू जातिको मिथकीय पात्र हुन् । वर्तमान संसारको सृष्टि उनले गरेको कथ्य मुन्धुममा उल्लेख छ । तर आज मानिसहरू अह्म, स्वार्थको चंगुलमा यति निकृष्ट भैसके कि लेप्मुहाङ स्वयम् सम्झाउनलाई प्रकट भए पनि उसैलाई लखेट्न सक्छन् भन्ने व्यङ्य छ । त्यसै गरी ‘फर्केर पुर्वमा’ स्रष्टाले आफुले भूटानी शरणार्थी अवस्थामा भोगेका कथा, व्यथा, भूटानी निरङकुस शासन प्रतिको विद्रोह, डेनमार्क पुर्नवास भएपछिको मानसिक अवस्था र केही प्रेम प्रसङगका गजलहरू समावेश गरेका छन् । लेप्मुहाङ’ कृतिलाई द नेशन्स फ्यालङस् अमेरिका र ‘फर्केर पुर्व’लाई गजल मञ्च भूटानले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu