दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ गीत सार्वजनिक



गायक दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार दिनेश गौतमको अफिसियल युटुब च्यानलमा उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा राम कुमार इलानको शब्द र जोसेफ शाही ठकुरीको संगीत भरेका छन् । एस के बच्चनले गीतको एरेन्ज गरेका छन् ।

गीतमा छोरा–बुहारी धन कमाउन लागेपछि बृद्ध बुवाको मनमा आउने भावलाई प्रस्तुत गरिएको छ । मनको बह मेटाउन लिएको रक्सीको साहारा राम्रोसँग प्रष्ट्याइएको छ । भिडियोका निर्देशक प्रिन्स डेइनिल हुन् ।

सार्वजनिक भिडियोमा सुरेन्द्र केसी ९मुलाको साग०, सारदा गिरी, बिष्णु सापकोटा, राम चन्द्र अधिकारी, निशा खातुन, अमित ठाकुर र कृष्ण कान्त ठाकुरको अभिनय रहेको छ । गीतको अडियो र भिडियो दुबै बलियो छ ।

रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियो ‘जुनकिरी’लाई राम चन्द्र गौतमले निर्माण गरेका हुन् । गायक दिनेश गौतमले गीतको भावअनुसार भिडियो बनेकोमा खुसी व्यक्त गरे । गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकलाई पनि गीत मन पर्नेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu