एम्बुलेन्स खरिद सहयोगार्थ ‘झेली’ देखाईयो



jheli

यहि चैत्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झेली’को शनिवार राजधानीमा च्यारिटी गरिएको छ । ‘सामुदायिक विकासका लागी मित्रता’ (एफसिडी) नामक सामाजिक संस्थाले एम्बुलेन्स खरिद सहयोगार्थ यो चलचित्रको च्यारिटी गरेको हो ।

राजधानीको कालोपुल स्थित हिरारत्न हलमा गरिएको उक्त च्यारिटीमा दर्शकको उल्लेक्य साथ मिलेको तथा च्यारिटीको उद्देश्य पुरा भएकोमा यो प्रकारको कार्यक्रम आयोजना गर्नमा थप हौशला मिलेको आयोजनाकार मध्येका एक प्रशन्न घिमिरेले जानकारी दिए । च्यारिटीमा चलचित्र निर्माता आकाश अधिकारी, केशब भट्टराई लगायतका अतिथीहरुको समेत उपस्थिती रहेको थियो ।

आफ्नो स्वार्थ पुरा गर्नको लागी के सम्म पनि गर्न तयार हुन्छन भन्ने प्रकारको बिषयमा केन्द्रित रहेर निर्माण भएको यो चलचित्रमा सुब्रिना केसी, अनिल थापा, दिप बिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र ‘झेली’लाई भेषमान श्रेष्ठको लगानीमा कमल दाहालले ‘एक्शन कट’ गर्दै तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu