कति कमायो ‘ब्रम्हास्त्र’ले पहिलो दिन ?



शुक्रवारबाट प्रदर्शनमा आएको रणवीर कपूर अभिनीत चलचित्र ‘ब्रम्हास्त्र’ले यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको छ । अयान मुखर्जी निर्देशित चलचित्रले पहिलो दिन ३६ करोड कमाएको छ । ट्रेड एनालिस्टहरुले पहिलो दिन चलचित्रले ३२ करोडसम्म कमाउने अनुमान गरेका थिए । बलियो स्टारकास्ट, लोकप्रिय गीत-संगीतका कारण ‘ब्रम्हास्त्र’लाई बम्पर ओपनिङ मिलेको हो ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रले एड्भान्स बुकिङबाटै १९ करोड बढी कमाएको थियो । वर्ल्डवाइड कलेक्सनमा पनि ‘ब्रम्हास्त्र’ले बाजी मारेको छ । चलचित्रले विश्वभरबाट ६० करोडमाथि कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतमा शनिवार र आइतवार विदा भएकाले विकेन्डमा चलचित्रको कमाई सय करोड नाघ्ने अनुमान गरिएको छ ।

एकपछि अर्को आशातित चलचित्रहरु असफल हुँदा संकट छाएको बलिउडमा ‘ब्रम्हास्त्र’को सानदार ओपनिङले खुसी छरेको छ । यो चलचित्रभन्दा अगाडि अक्षय कुमारको ‘सूर्यवंशी’, आलिया भट्टको ‘गंगूबाई काठियावाडी’ र कार्तिक आर्यनको ‘भूल भुलैया २’ले पनि भारतीय बक्सअफिसमा सुखद् कमाई गरेका थिए ।

रणबीर कपूर र आलिया भट्टको मुख्य भूमिका रहेको ‘ब्रम्हास्त्र’मा अमिताभ बच्चन, नागार्जुन, मौनी रोयको पनि महत्त्वपूर्ण भूमिका छ । चलचित्रमा शाहरुख खान केमियो भूमिकामा छन् । रणबीर कपूर, अयान मुखर्जी, करण जोहर मिलेर निर्माण गरेको चलचित्रको मेकिङ र भिएफएक्सलाई सर्वाधिक रुचाइएको छ । तर, चलचित्रको पटकथा कमजोर रहेको प्रतिक्रिया मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu