निर्माता रावल र मोडल पोखरेल डिस्को व्यावसायतिर



Sunil-ajay1

‘सायद’ र ‘होस्टेल’ जस्ता सफल चलचित्र बनाएका निर्माता सुनिल रावल अब डिस्को व्यावसायतिर लागेका छन्। दुर्गिश् फिल्मसका सञ्चालकरावल तथा दुर्गिश थापा र मोडलिङ्ग क्षेत्रका अजय पोखरेलको संयुक्त लगानीमा राजधानीको मुटु ठमेलमा ‘A Club’ नामक रेष्टुरेण्ट तथा डिस्को सञ्चालनमा आउँदैछ।

हिमालयन जाभा रहेको भवनमा सो क्लब सुरु हुँदैछ। ‘A Club’ रहने स्थानमा अहिले ‘J Baar’ रहेको छ। रावल र पोखरेलले सोहि बारलाई नयाँ ढंगका साथ ‘A Club’ मा रुपान्तरण गर्दैछन्। छिट्टै उद्घाटन हुने सो क्लबमा कलाकार तथा सञ्चारकर्मीको लागि बिशेष व्यबस्था पनि गरिने रावलले बताए।

a-club

हाल चलिरहेका प्रायः क्लबमा कलाकार तथा सञ्चारकर्मीलाई सर्वसाधारण सरह नै सेवा-सुविधा दिईँदै आएको आफ्नै आँखाले देखेकोले ‘A Club’ मा त्यस्तो नभई बिशेष व्यबस्था हुने रावलले बताए। कर्मचारीले गर्ने व्यबहार देखी उठेको बिलमा समेत बिशेष छुट दिईने उनले बताए। रावलका अनुसार सेलेब्रेटी, उच्च पदस्थ व्यक्ति तथा घरानालाई मध्यनजर गरेर ‘A Club’ स्थापना गरिएको हो।

‘A Club’ मा सबै प्रकारका ‘इण्डियन फुड’ पाईने बताईएको छ। बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म इण्डियन फुड रेष्टुरेण्ट सञ्चालन हुने र साँझ ५ बजेबाट राती २ बजेसम्म डिस्को सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu