हलिउडका हस्तीसँग नेदरल्याण्डसमा इनासको अन्तर्क्रिया हुँदै



dr-myathev

नेदरल्याण्डस। अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आयोजनामा २९-३० मार्च २०१४ मा नेदरल्याण्डसमा हुने INAS Film Awards मा सहभागि हुन हलिउडका दुई हस्ति आउने भएका छन्। हलिउडमा निकै ठुलो योगदान दिदै आएका डा. म्याथेव र डा. मार्ता रोबिकोस्वाको नेदरल्याण्ड आउने भएका हुन्। उनिहरु अवार्ड अगावै आउनेछन्। २९ मार्चमा हुने इनास युरोप क्षेत्रीय मिटिङमा समेत उनिहरु सहभागी हुनेछन्।

डा. म्याथेव र डा. रोबिकोस्वाकोले नेपालबाट नेदरल्याण्डसजाने सिद्धहस्त कलाकार नीरबिक्रम शाह लगाएतका अन्य कलाकार तथा चलचित्र विकास वोर्डका पदाधिकारीहरुसँगका तथा गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, युरोप क्षेत्रीय संयोजन परिषद, राष्ट्रिय परिषद नेदरल्याण्डस लगायतका अन्य मुलुकका राष्ट्रिय परिषदका पदाधिकारीहरु, नेपाली एकता समाज फ्रान्स, सँस्कृति गृह फ्रान्स, एना बेल्जियम, मोना बेल्जियम लगायतका युरोपका दर्जनौं संघसंस्थाका प्रतिनिधिहरुसँग एक भएर नेपाली चलचित्र क्षेत्रलाई विश्व बजारमा प्रवर्द्धनमा चालिनुपर्ने कदमका बारेमा हुने अन्तर्कृया कार्यक्रममा प्रिजेन्टेसन दिनेछन्। त्यसको लगत्तै इनासले साँस्कृतिक उत्थानमा हाम्रो भूमिकाको सम्बन्धमा राउण्डटेबल डिस्कशन गर्नेछ।

साथै, इनास फिल्मस अवार्डलाई ब्रिटिस फिल्म मेकरहरुले समेत निकै चासोको रुपमा लिएका छन् । ब्रिटिश फिल्म मेकर तथा कलाकारहरुले आँफै सहभागी हुने घोषणा मात्र गरेका छैनन्, सबैलाई यो विशाल कार्यक्रममा आउन इङ्ल्यान्डबाट आव्हान समेत गरेका छन्।

ब्रिटिश फिल्म मेकर के भन्छन् त यहाँ हेरौ:

कलाकार तथा निर्देशक नीर शाह इनास अवार्डबारे के भन्छन् त ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu