रानीको गीतमा धिरेन र उषाको जोडी



गायिका रानी शाक्यको स्वरमा रहेको नयाँ गीत ‘म गुनासो के को गरुँ’ सार्वजनिक भएको छ । मनभित्र गुम्सिएका भावनाहरु पोखिएको गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ ।

गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन् । भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।

गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव वेलवासेको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu