नेपालमा खिचिएको ‘उचाइँ’को पोस्टरमा अमिताभ, अनुपम र बोमन



नेपालमा छायांकन भएको बलिउडको मल्टीस्टारर चलचित्र ‘उचाइँ’को एक पोस्टर सार्वजनिक भएको छ । हिउँले सेताम्मे नेपालको हिमालको दृश्यलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा चलचित्रका प्रमुख तीन कलाकारहरु अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी प्रफुलित मुद्रामा प्रस्तुत छन् । पोस्टरले नेपालको हिमाली क्षेत्रको यात्रामा निस्किएका उनीहरुको मित्रता बोल्छ ।

‘उचाइँ’को छायांकनका लागि अमिताभ नेपाल आएका थिएनन् । उनको सिनमा एक नेपाली कलाकारले डमी बनेर अभिनय गरेका छन् । अनुपम र बोमनले भने चलचित्रको छायांकनका लागि करीब २५ दिन नेपालको लुक्ला, नाम्चे, मनाङ क्षेत्रमा विताएका थिए । चलचित्रको छायांकनका लागि अभिनेत्री परिणीति चोपडा पनि नेपाल आएकी थिइन् ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ । परमिताले चलचित्रमा बलिउड अभिनेत्री नानी गुप्ताको डमी पात्र निभाएकी छन् ।

सूरज बडजात्याले निर्देशन गरेको ‘उचाइँ’ अगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेबाट प्रदर्शनमा आउँदैछ । नेपाल छायांकनको समयमा निर्माण कम्पनी राजश्री प्रोडक्सनले नेपाली करीब २० करोड खर्च गरेको थियो । चलचित्रमा बलिउड अभिनेता डेनी डेन्जोङ्पाको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu