राजनीतिमा पनि चलचित्र प्रति माया रहेछः शान्तिप्रिय



shantipriya

[dropcap][/dropcap]लचित्र पत्रकार संघको चैत छ गते सम्पन्न छैठौँ अधिवेशनबाट शान्तिप्रियको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित भएको छ। शान्तिप्रियको यो दोश्रो कार्यकाल हो। अध्यक्ष भएलगत्तै शनीवार एनेकपा वादी नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले टेलिफोन मार्फत बधाई दिएका छन्। सो कुरा अहिले चर्चामा छ। डेमिक्रेटिक विचार बोक्ने शान्तिप्रियलाई एनेकपा माओवादी नेताको फोन आउनुमा शंकास्पद रुपमा हेरिएपनि शान्तिप्रियले भने आफुले डेमोक्रेटिक नै रहेको छ राजनीतिक व्यक्तिलाइ चलचित्रबारे चासो भएकोले फोन गरि बधाई दिएको स्पष्ट पारेका छन्। उनले यो बधाईलाई स्वागतयोग्य भएको बताएका छन्। यसैक्रममा ठुलोपर्दा डटकमका जिवन पराजुलीले नवनिर्वाचित अध्यक्ष शान्तिप्रियसँग केहि कुराकानी गरेका छन्:

तपाईँलाई एमाओवादी नेता डा.बाबुराम भट्टराईको बधाई आएको छ, तपाईँको भनाई के छ ?
यो अत्यन्तै राम्रो कुरा हो। राजनीतिक व्यक्तित्वमा पनि चलचित्र प्रति र चलचित्र पत्रकारिता प्रतिको माया र सद्भावको रुपमा मैले लिएको छु।

खास के अर्थमा भट्टराईको बधाई र सहयोग आश्वासन आयो ?
आश्वासन आएको होईन, बधाई आएको हो। टेलिफोन वार्तामा डा.बाबुरामले चलचित्र क्षेत्रमा आफ्नो रुचि भएकोले बधाई दिन मन लागेको बताएका थिए।

केहि परे भन्नुस भनेर भने भन्ने हल्ला छ नि ?
त्यो हल्ला मात्र हो, बरु मैले नै केहि कुरा भए भेट्न आउँला नि चाहिँ भनेको हुँ।

चलचित्र क्षेत्रकै उच्च पदस्थ व्यक्तिको बधाई नआईरहेको बेलामा एक नेताको बधाई आउनुमा कस्तो अर्थ बुझिएला ?
धेरै राम्रो कुरा हो यो। यो टेलिफोनबाट किन भने राजनीतिक उच्च पदस्थ व्यक्ति पनि चलचित्रमा चासो राख्छन् भन्ने बुझिन्छ।

यसबाट तपाईँको राजनितीक आस्थालाई त संकेत गर्न सकिन्छ नि ?
म त्यो पार्टीको मान्छे नै होइन। सबैलाई थाहा छ की म डेमोक्रेटिक मान्छे हुँ।

तपाईँको दोश्रो कार्यकालमा चलचित्र पत्रकार संघ कुन दिशा तर्फ जाला ?
पत्रकार अभिमुखिकरण गर्दै अगाडी बढ्ने हो। त्यसमा विभिन्न कार्यक्रमहरु हुन्छन्।

१४ बर्ष भयो संघ स्थापना भएको तर कुनै प्रगती देख्न सकिएन, खास कारण के होला ?
प्रगती नै नभएको बन्ने चाहिँ होइन तर जति हुनु पर्ने त्यति भने पक्कै भएको छैन। मेरो अबको कार्यकालमा सकेसम्म थोरै कमिकमजोरी रहनेछन्।

अब तपाईँका कस्ता योजना आउँछन् त ?
पत्रकार सदस्यसँग छलफल गरेर पत्रकारमुखी कार्यक्रम ल्याउने हो अथवा गर्ने हो। राम्रा पुराना कार्यक्रमलाई पनि निरन्तरता दिने हो।

नियमितता दिने जस्ता कार्यक्रम हरु के के छन् र अब आउने कार्यक्रममा केहि उदाहरण ?
चलचित्र पत्रकारिता पुरस्कार, स्पिकर कर्नर (जसले चलचित्र पत्रकार संघको कोषलाई मजबुत बनाएको छ) यस्तै यस्तै ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu