भारतीय कमेडियन राजु श्रीवास्तवको निधन



भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । उनको परिवारले राजूको निधनको पुष्टि गरेको हो । गत अगष्ट १० मा ट्रेडमिलमा शारिरिक व्यायाम गर्ने क्रममा उनी एक्कासी लडेका थिए र उनलाई दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो । ५८ वर्षीय श्रीवास्तव डेढ महिनादेखि मृत्युसँग संघर्ष गरिरहेका थिए । उनी भारतीय हास्य विधामा निकै चर्चित मानिन्छन्।

राजू श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो । उनको जन्म २५ डिसेम्बर १९६३ मा कानपुरको नयापुरवामा भएको थियो । सन् १९९३ बाट उनको हाँस्य यात्रा सुरु भएको थियो । सन् १९८० मा उनी कानपुरबाट मुम्बई भागेका थिए । घरबाट भाग्ने क्रममा उनले नाम कमाएर मात्र फर्किने वाचा गरेका थिए । र, मुम्बईमा वर्षौं संघर्ष पश्चात् उनले आफ्नो ठूलो नेम र फ्रेम बनाए ।

Raju Srivastava

घरबाट भागेर मुम्बई आएपछि उनले पैसाका लागि अटो चलाउन सुरु गरेका थिए । उनलाई अटोमा नै पहिलो स्ट्यान्ड-अप कमेडी शोको मौका मिलेको थियो । त्यसका लागि उनलाई ५० रुपैयाँ मिलेको थियो । उनलाई भारतमा स्ट्यान्डअप कमेडीको सुरुवात गर्ने कमेडियन भन्ने गरिन्छ । राजूले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’, ‘एक स्ट्यान्ड-अप कमेडी शो’बाट ठूलो सफलता पाएका थिए ।

उनले चलचित्रमा समेत अभिनय गरेका छन् । चलचित्र ‘तेजाब’बाट उनको बलिउड यात्रा सुरु भएको थियो । यसपछि उनले ‘मैंने प्यार किया’, ‘बाजीगर’, ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’, ‘बिग ब्रदर’, ‘बम्बे टू गोवा’ लगायतका चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह निभाए । उनले १६ चलचित्र र १४ टीभी शोमा काम गरेका छन् । उनीप्रति बलिउडका हस्तीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu