असोज ८ सम्म कुञ्जमा चल्दै नाटक ‘तन्त्र’



काठमाडौँ। भोलाराज सापकोटाको लेखन तथा निर्देशन रहेको नाटक ‘तन्त्र’ काठमाडौँको थापा गाउँस्थित कुञ्ज नाटक घरमा मञ्चन भईरहेको छ । एभरेस्ट फिल्म एकेडेमीले प्रस्तुत गरेको यो नाटक भदौ २० मा सुरु भएको थियो भने असोज ८ गतेसम्म चल्नेछ । यसमा एकेडेमीकै विद्यार्थीहरुले अभिनय गरेका छन् ।

मौलिक संस्कृतिलाई बिर्संदै पश्चिमेली संस्कृति अँगाल्दा पहिचान लोप हुँदै गइरहेको बिषय यस नाटकमा उठान गरिएको छ । असारे भाका र खैजेडी भजन सहितको यो नाटकबाट नयाँ पिढीले यी बारेमा जान्ने, बुझ्ने र सिक्ने अवसर प्राप्त गरून् भन्ने उद्देश्यले नाटकमा उल्लेख गरिएको सापकोटाले बताए । साथै, सोझा जनता कसरी राजनीतिको शिकार बन्छन् भन्ने बिषयमा पनि नाटकले बोल्ने उनले बताए ।

दीपक कोइराला, सन्तोष बिष्ट, सुमन थापा, सोनीका शाही ठकुरी, लक्ष्मण केसी, मारिया कार्की, गोपाल महतरा, रोमर्श राय ठकुरी, योगेश खतिवडा र लेखनाथ विकले ‘तन्त्र’मा अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu