१ सय ८० करोडमा बनेको ‘जवान’ले प्रदर्शन अगावै कमायो २ सय ५० करोड



बलिउड सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ ले प्रदर्शन अगावै लगानी सुरक्षित गरेको छ । चलचित्रको राइट्स खरिद गर्न विभिन्न कम्पनीबीच हानाथाप चलेको थियो । यसैक्रममा, चलचित्रको ओटीटी राइट्स खरिद गर्न नेटफ्लिक्स सफल भएको छ । नेटफ्लिक्सले चलचित्रको ओटीटी राइट्स १ सय २० करोडमा खरिद गरेको हो ।

SRK in Jawan

चलचित्रको स्याटलाइट राइट्स पनि विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतको जी टीभीले स्याटलाइट राइट्स १ सय ३० करोडमा किनेको हो । ओटीटी र स्याटलाइट राइट्सबाटै फिल्मले २ सय ५० करोड कमाएको छ । १ सय ८० करोडको लागतमा निर्माण भएको ‘जवान’ले प्रदर्शन अगावै २ सय ५० करोड कमाएको छ ।

पेन इन्डिया चलचित्रको बढ्दो क्रेजका बीच शाहरुखले चलचित्रमा एटलीसँग सहकार्य गरेका हुन् । एटलीले ‘बिगिल’, ‘थेरी’, ‘मेरसल’ जस्ता साउथ चलचित्रको निर्देशन गरिसकेका छन् । चलचित्रमा साउथ अभिनेत्री नयनताराको पनि अभिनय छ भने विजय सेतुपति नकारात्मक भूमिकामा छन् । यो चलचित्र तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा पनि प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu