क्लबमा लोकल खोज्दै दीलिप



काठमाडौं । अभिनेता दीलिप रायमाझी क्लबमा पुगेर लोकलको माग गर्दै मस्ति गरेका छन् । हाँस्यव्यङ्ग्य कलाकार एवम् गायक राजा राजेन्द्र पोखरेल र शान्तिम कोइरालाको आवाजमा रहेको ‘लोकल नभई नहुने’ बोलको गीतको भिडियोमा उनले लोकलको माग गरेका हुन् । भिडियोमा दीलिप रायमाझीलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन् ।

राजा राजेन्द्र पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको समेत अभिनय रहेको छ । मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ गतिविधीलाई गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

शिव विकको निर्देशनमा बनेको गीतमा शिव विककै कोरियोग्राफी रहेको छ । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलााई मिलन विश्वकर्माले सम्पादन तथा रंगसंयोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu