अमेरिकाको ‘द भ्वाईस’मा १७ बर्षिया बास्तोलाको दमदार प्रस्तुती (भिडियो सहित)



काठमाडौँ। नेपाली मुलकी १७ बर्षिया परिजिता बास्तोलाले अमेरिकाको ‘एनबिसी’ टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाईस’मा दमदार प्रस्तुती दिएकी छन् । ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलको गीत बास्तोलाले गाउँदा चारैजना कोचले मेच घुमाएका छन् । ‘द भ्वाईस’ले शोसल मिडियामा जारी गरेको भिडियोमा बास्तोलाले चारैजना कोचको ‘स्टाण्डिंग ओभेसन’ पाउन सफल भएकी छन् ।

उनको प्रस्तुतीपछि कोचहरु क्यामिला काबेलो, ब्लेक शेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले आफ्नो टीममा आउन आग्रह गरे यद्यपी उनले परिवारको सल्लाह लिएकी छन् । परिवारले कोच जोन लिजेन्डको टीममा जान सुझाव दिएको भिडियो अन्त्यमा देखिएको छ । परिवारको सुझावअनुसार नै उनले टीम लिजेन्डलाई रोजेकी छन् । उनि सहभागी भएको श्रृंखला १९ सेप्टेम्बर २०२२ मा प्रशारण भएको थियो ।

माता बिरा तिवारी, पिता पंकज बास्तोला र दिदि प्रियांका सहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी उनले ४ बर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी थिइन् । दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमरिका पुगेका थिए । परिजिताको जन्म अमेरिकामा नै भएको हो ।

उनले निर्णायकलाई आफुलाई नेपाली संगीतमा रुचि भएको बताएकी छन् । उनले चारैजना निर्णायकलाई रुद्राक्षको माला लगाईदिँदै नेपालबाट ल्याईएको बताएकी छन् ।

द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रुपमा लिईन्छ । नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ ।

परिजिताले प्रस्तुती दिएको भिडियो लिंकhttps://fb.watch/fPtC60IRH3/

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu