अन्तिम चलचित्रद्वारा निर्देशक स्व. रेग्मीकै घरमा पत्रकार सम्मलेन



regmi-home-1

[dropcap][/dropcap]लचित्र ‘मनले मनलाई छुन्छ’ युनिटले आइतवार स्व.निर्देशक शिव रेग्मीको घरमै गएर पत्रकार सम्मेलन गरेको छ । चितवन बाह्रघरे स्थित रेग्मीको घर नजिकैको दुर्गा मन्दिरमा चलचित्रको पोष्टर रिलिज समेत गरिएको छ । कार्यक्रममा निर्देशक रेग्मीको बारेमा तयार पारिएको ६ मिनेट लामो बायोग्राफी प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका लागि काठमाण्डौबाट पत्रकारको टोली सहित चलचित्र ‘मनले मनलाई छुन्छ’का कलाकार र निर्माता चितवन पुगेका थिए । टोली मध्यान्ह १२ बजे रेग्मी निवासमा पुगेको थियो । स्थानिय संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय बासी र पत्रकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय बुद्विजिवी र समाजसेवीहरुले स्व. निर्देशक रेग्मीको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा स्व रेग्मीकी पत्नी ज्ञानु रेग्मीले पति शिव रेग्मीको बारेमा बोलिरहदा सबैको आँखा रसाएको देख्न सकिन्थ्यो । कार्यक्रममा शिव रेग्मीकी आमा भक्तमाया रेग्मीको पनि उपस्थिति रहेको थियो । ‘मेरो बाबु त हामीलाई छाडेर कहाँ गईस …’ भन्दै गहभरि आँसु पारेर उनी भक्कानिदा उपस्थित पनि रोएका थिए ।

चलचित्र ‘मनले मनलाई छुन्छ’ शिव रेग्मीको अन्तिम चलचित्र भएको कारणले गर्दा पनि सबैले चलचित्रलाई सौहार्दपुर्ण रिलिजको लागि सहयोग गर्नुपर्ने निर्माता तथा नायक विरेन श्रेष्ठले बताएका छन् । कार्यक्रममा चलचित्र शुटिङ्गको दौरानमा शिव रेग्मीले आफुलाई धेरै कुरा सिकाएको र उहाँ आफ्नो लागि सदैव एक आर्दश व्यक्ति रहेको नायिका गरिमा पन्तले बताइन् । शिव रेग्मी आफ्नो असल गुरु भएको र व्यक्तिगत रुपमा पनि उहाँ सबैसँग मिलनसार रहेको उनले बताईन् ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा रंगकर्मी तथा कलाकार रिद्विचरण श्रेष्ठको उपस्थिति रहेको थियो । विशिष्ट अतिथि बरिष्ठ गीतकार तथा कलाकार प्रेम विनोद मानन्धर लगायत नारायणी कला मन्दिरका प्रतिनिधिहरु, स्थानिय महिला समुहका प्रतिनिधिहरु, चलचित्र पत्रकार संघ, चितवनका पधाधिकारीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्माता सुनिल सिटौलाले स्थानिय दुर्गा मन्दिरमा टिनको छानो लगाएर टहरा बनाईदिने प्रतिबद्वता पनि ब्यक्त गरेका छन् । शिव रेग्मीको नाममा आफुले त्यही ठाउँमा केही सहयोग गर्न पाउनु आफ्नो लागि ठुलो कुरा भएको उनले बताएका छन् ।

सो कार्यक्रमका केहि झलकहरु:
(Please click on photo for big size)


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu