आयुष्मान खुरानाले घटाए १० करोड पारिश्रमिक



कोरोना महामारीपछि बलिउडमा एकपछि अर्को चलचित्र असफल भइरहेका छन् । चलचित्रको असफलताका कारण केही कलाकारले पारिश्रमिक समेत घटाएका छन् । अभिनेता आयुष्मान खुरानाले पनि आफ्ना दुई चलचित्रको असफलतापछि पारिश्रमिक घटाएका छन् । यस वर्ष उनको ‘अनेक’ र ‘चण्डीगढ करे आशिकी’ चलचित्र प्रदर्शनमा आएका थिए । तर, दुवै पत्तासाफ भए । जसले गर्दा उनले पारिश्रमिकमा १० करोड कटौती गरेका छन् ।

Ayushmann Khurrana

पिंकविलाको रिपोर्ट अनुसार, एक चलचित्रका लागि उनले २५ करोड पारिश्रमिक लिँदै आएका थिए । अब उनले यसलाई घटाएर १५ करोडमा झारेका छन् । उनले घटाएको रकम भने चलचित्रको नाफाको हिसाबमा शेयर लिनेछन् । कलाकारले ‘प्रोफिट शेयर’मा काम गर्दा सबैभन्दा ठूलो राहत निर्मातालाई हुन्छ । किनकि, चलचित्र फ्लप भए निर्माताले पारिश्रमिक दिनु पर्दैन ।

बलिउडका धेरै चलेका कलाकारले चलचित्रको ‘प्रोफिट शेयर’मा काम गर्ने गरेका छन् । विशेषगरि यो ठूलो बजेटमा निर्माण हुने चलचित्रमा देख्न पाइन्छ । बजेट बचाउनका लागि बलिउड कलाकारले ‘प्रोफिट शेयर’ लिने सर्तमा चलचित्रमा काम गर्ने गर्दछन् । सलमान खान, आमिर खान, शारुख खान जस्ता कलाकारहरुले पनि सीमित पारिश्रमिक लिएर बाँकी ‘प्रोफिट शेयर’मा काम गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu