सलमान खानको बडी डबल सागर पाण्डेको निधन



बलिउड अभिनेता सलमान खानको डुब्लिकेट तथा उनको बडी डबलको रुपमा काम गर्दै आएका सागर पाण्डेको निधन भएको छ । उनको जिममा वर्कआउट गर्ने क्रममा शनिवार निधन भएको हो । सन् १९९९ देखि उनी सलमानको चलचित्रमा बडी डबल बन्दै आएका थिए । चलचित्र ‘कुछ कुछ होता हे’बाट आफ्नो करिअरको सुरुवात गरेका उनले ५० बढी चलचित्रमा काम गरिसकेका छन् ।

जिममा अचानक लडेपछि सागर पाण्डेलाई मुम्बईको बालासाहेब ठाकरे ट्रमा केयर मुन्सिपल हस्पिटलमा लगिएको थियो । तर, डाक्टरले अस्पताल आउनुभन्दा अगावै उनको मृत्य भएको बताएका थिए । सागरको कमाईको मुख्य आधार अभिनय र स्टेज शो थियो तर, लकडाउनका कारण चलचित्रको छायांकन र स्टेज शो रोकिँदा उनलाई आर्थिक समस्या उत्पन्न भएको थियो ।

सागरको निधनप्रति सलमान खानले पनि दुःख व्यक्त गरेका छन् । उनले सागरसँगको एक तस्विर शेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो साथमा रहेकोमा आभारी छु । तिम्रो आत्मालाई शान्ति मिलोस् । थ्याङ्क्यू सागर पाण्डे ।’ सागरले सलमानको बडी डबल भएर ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’, ‘प्रेम रतन धन पायो’, ‘दबंग’, ‘दबंग २’ जस्ता चलचित्रमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu