जापानमा भएको भिटेन कन्ट्रोभर्सी के हो ?



टोकियो, जापान।
‘दशैँ टुर’मा सांगितीक प्रस्तुती लिएर जापान आएका र्‍यापर समीर घिसिङ्ग उर्फ भिटेनको आईतबार टोकियोको कार्यक्रम जति रोमञ्चक होला भन्ने थियो त्यो भन्दा बढी कन्ट्रोभर्सी भएर सकिएको छ । आइतबार बेलुका जापानको राजधानी टोकियो र नेपाली धेरै बसोबास गर्ने सिटि सिन्जुकुमा भिटेन गायकीभन्दा आफ्नो हर्कतले फेरी एक पटक चर्चामा आए र आयोजकलाई माफी मगाए ।

जापानको टोकियोमा प्रस्तुती दिने क्रममा भिटेन । इन्सेटमा मन्चमा लडेका भिटेन ।

‘दाजु भाई समुहको प्रस्तुती’ नाम दिएको उक्त कार्यक्रममा भिटेनले प्रस्तुती मञ्चको पहिलो तल्लाबाट प्रकट हुँदै गायन शुरु गरे र माहोल तताए । त्यसपछि उनले जे गरे त्यो उपस्थित सबै दर्शक एक पटक सोच्न बाध्य मात्र भएनन् टिकटको पैसा फिर्ताको माग उठाउन पनि बाध्य भए । कारण थियो भिटेनको हर्कत । उनले रुँदै भने, ‘मलाई कोहि चाहिँदैन, केहि चाहिँदैन, फेक सिम्पेथी डन्ट निड’ । यति भन्दै मञ्चको सबै भाग डुले, डिजेलाई म्यूजिक रोक्न भने र एकोहोरो बोले । उनि मञ्चको बीच भागमा लडे । भिटेनलाई उठाउन स्वंयसेवक, आयोजक र सहयोगी गएर उठाए । त्यसपछि उनले पानीको बोतल फाले र सिसाको बोतल उठाएर आफ्नै टाउकोमा हिर्काए । त्यो समयमा के भईरहेको थियो नत आयोजकलाई जानकारी थियो न उनको टिमलाई । त्यसपछि ‘डिजे नानी’ले दर्शकलाई नचाईन् । केहि समय पछि पुनः भिटेन मञ्चमा आए र एउटा गीत गाए ।

जापानमा भएको अर्को कार्यक्रममा भिटेनको प्रस्तुतीसँगै जापानी मोडलहरु राखेपछि दार्जिलिङ्गमा रहेकी गर्लफेन्डसग विबाद भएको कारण उनी सम्हालिन नसकेको टीप्पणी समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu