‘डिभोर्स’को देशव्यापी सञ्चारकर्मी भेटघाट कार्यक्रम



divorce-press-meet-btwl

[dropcap]चै[/dropcap]त २१ मा देशव्यापी रिलिजको लागि तयार रहेको नेपाली चलचित्र ‘डिभोर्स’ले देशव्यापी सञ्चारकर्मी भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ। यसै क्रममा सोमवार चलचित्र युनिटले पश्चिम नेपालको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रबारे जानकारी दिएको छ।

बुधवार पोखरामा पनि पत्रकार सम्मेलन गरि देशका अन्य बिभिन्न शहरमा पनि चलचित्र युनिट पुग्ने निर्देशक मनिष पन्थले ठुलोपर्दा डटकमलाई बताए। बुटवलको सञ्चारकर्मी भेटघाट कार्यक्रममा निर्देशक पन्थको साथमा निर्माता मिन प्रसाद श्रेष्ठ, रोहित पुरी सहित नायक किशोर श्रेष्ठ, आभास अग्रहरी लगाएतका उपस्थित थिए।

divorce-press-meet-btw1l
यो चलचित्रमा लेखन तथा छायांकन समेत निर्देशक पन्थकै रहेको छ। 
किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगाएतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा विशाल हुमागाईँ र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन तथा किरणराज थापाको कलर करेक्शन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu