समाजमा सहि चेतना छर्न ‘सत्यदिप’ आउँदै



Satyadeep-song

संगीतको माध्यमबाट समाजमा व्याप्त विकृती निर्मुल पार्ने उद्देश्यले सामाजिक चेतना छर्ने कथामा आधारित रहेर नेपाली चलचित्र ‘सत्यदिप’ निर्माण हुने भएको छ । पुश्कर घिमिरेले निर्देशन गर्न लागेको यो चलचित्र यो हप्ताबाट फ्लोरमा जाने तयारीमा छ । यो चलचित्रको अहिले गीत रेकर्डिङको काम चलिरहेको छ । चैत्रको पहिलो सातामा नै फ्लोरमा जाने तयारीमा रहेको ‘सत्यदिप’ युनिट काम पुरा नभईसकेकोले रोकिएको हो ।

चलचित्रमा समावेश हुने रेकर्डिङमा रहेका छ वटा गीतमा संगीत पछिल्लो समय चर्चित तथा उत्कृष्ट संगीतकारको अवार्ड थाप्नमा व्यस्त संगितकार अर्जुन पोखरेलले भरेका छन् भने स्वर सुगम पोखरेल, स्वरुपराज आचार्य, अञ्जु पन्त, सुमन सिङ्दा तामाङ लगायतले दिँदै छन् ।

‘एसबिआर फिल्मस प्रा ली. को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको माध्यमबाट समाजमा सत्यको ज्योती बाल्ने पक्षमा जुट्न सबैलाई आग्रह गर्न लागिएको ‘सत्यदिप’लाई एक्सन कट भन्ने तयारीमा रहेका निर्देशक घिमिरेले ठुलोपर्दा डटकमलाई जानकारी दिए ।

विनयराज श्रेष्ठले लगानी गर्न लागेको ‘सत्यदिप’ चलचित्रमा दिव्यश्वर गौतम, जोनी सिंह राणा, सविना केसी, उमाबेवी, रबि गिरी, जी.एन. घिमिरे लगायतका कलाकारको अभिनय रहने छ ।

पुर्णतः सामाजिक कथामा बन्न लागेको यो चलचित्रले समाजमा सकारात्मक सन्देश प्रदान गर्दै गलत मार्गमा जानको लागी रोक्नको लागी सघाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu